बस्नेतका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको बताउँदै उनले बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।
विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको उनको भनाइ छ ।प्रतिनिधि चयन गर्ने सम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको थियो । उनीहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको बताइएको छ ।