‘सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ,’ उनले भने, ‘अस्थिरताले कसैको हित गर्दैन ।’
कसले कुन मन्त्रालय पाउँछ भन्ने भन्दा पनि सरकारको स्थायित्व र पूर्णकालकाल टिकाउने कुरा ठूलो भएको उनले बताए ।‘स्थिरता, स्थायित्व, आर्थिक सामाजिक विकास ठूलो कुरा हो,’ उनले भने, सरकार २–२ महिनामा बदलिरहेको भने त्यसको असर स्थायित्वमा पर्छ । नेपालीमा निराशा छाउँछ । यसले कसैको हित गर्दैन ।’
अहिलेको अवस्थामा दलहरुबीच जति वृहत्तर समझदारी बन्यो त्यति नै सहज हुने उनले बताए ।