काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । नेपालीले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सोमवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरे जसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको टिप्पणी गरे ।

‘हामी नेपाली यति बेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, नागरिकले पाएका अधिकारहरूको विरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन् । कोही–कोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर, दुलोबाट मुसोले बिरालो हेरे जसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् । अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? अचम्म लाग्दो छ किन बसिराखेको छ ? केही पनि गर्न नसक्ने सरकार’ ओलीले भने ।

42
Shares
१८ बैशाख २०८०, सोमबार १७:४३