द्वितीय वर्षका विद्यार्थीले कलेज परिसरको सभाहलमा कार्यक्रमको आयोजना गरी नवागन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, गजल, कविता, नृत्य, क्यारिकेचर, फेसन शो प्रस्तुत गरेका थिए ।पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, शिक्षकहरू रूपेश कोइराला, दिपेश बाँस्तोला लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए ।
अनुशासित भएर शिक्षा आर्जन गर्न आग्रह गर्दै उनीहरूले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरे । पहिलो वर्षको कक्षा शुरू हुने बित्तिकै द्वितीय वर्षको परीक्षा शुरू भएको, परीक्षालगत्तै केही समय क्याम्पस बिदा भएका कारण स्वागत कार्यक्रम केही ढिलाई भएको द्वितीय वर्षका विद्यार्थीको भनाइ छ ।कलेज अफ लले पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबीको अध्यापन गर्दै आएको छ । बीए एलएलबी अध्ययनका लागि देशभरबाट विद्यार्थी आउने गरेका छन् ।