विराट हेल्थ केयर इन्डष्ट्रिले विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेनेटरी प्याड उत्पादन सुरु गरेको जनाएको छ। उत्पादन गरेको सेनेटरी प्याड ह्वाइट मुनक्काबारेमा जानकारी गराउँदै विराट केयर इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर छत्रबहादुर खड्काले नेपालमै गुणस्तरीय सेनेटरी प्याड उत्पादन भईरहेको बताए ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसर पारेर ह्वाईट मुन सेनेटरी प्याडको उत्पादन सार्वजनिक गरेको हो । उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएको विराट हेल्थ केयरका ब्रान्ड म्यानेजर दीक्षा थापाले बताइन् ।‘गुणस्तरको सेनेटरी प्याड सङ्क्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको छ, उनले भनिन्, विराट हेल्थ केयरले उत्पादन गरेको सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार हो ।’
प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनावारीको समस्यालाई ध्यानमा राखेर गुणस्तरीय सेनेटरी प्याड ह्वाईट मुन बजारमा ल्याइएको थापाले जानकारी दिइन् । सेनेटरी प्याड ‘हवाइट मुन’को मुख्य उद्देश्य भनेको आयातित सेनेटरी सामानहरूमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रूपमा उपलब्ध गराउने रहेको उनले जानकारी दिइन् ।विराट हेल्थ केयरले चीनबाट ल्याएको आधुनिक उपकरणबाट सेनिटरी प्याड उत्पादन हुने गरेको छ । दैनिक तीनदेखि चार लाख सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता कम्पनीको छ । अहिले फुल फेजमा सञ्चालनमा नआउँदा समेत दैनिक दुई लाख ५० हजार सेनेटरी प्याड उत्पादन गर्दै आएइको कम्पनीले जनाएको छ ।