बारा-२ मा राउतको पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार छन्। राउतले जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएका हुन्।
यद्यपि मतदान भने जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादव यस क्षेत्रमा चुनावी मैदानमा छन्। उनलाई पाँच दलीय गठबन्धनले सहयोग गरेको छ।राउतले प्रहरी प्रशासनले समेत सहयोग नगरेको आरोप लगाएका छन्। उनले बेल्दारीमा आफूहरूलाइ चुनाव प्रचारप्रसारमा समेत अवरोध गरिएको बताए।