बिहीबार मुलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४६.२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटिएको थियो। जवाफमा १५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
मलेसियाको जितमा ओपनर मुहम्मद अमिरले ५६ रन बनाउँदा विरनदीप सिंहले ५१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सायद अजिजले ३४ रनमा नटआउट रहेका थिए। साउदीका जइन उल अविदीनले २ विकेट लिएका थिए।त्यसअघि पहिले ब्याटिङ गरेको साउदीका लागि हसिफ गफोरले ४० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, अब्दुल वाहीदले ३६ रन बनाउँदा कप्तान हिसहाम शेखले २१ रन बनाए। मलेसियाका लागि खिजर हायातले ३ विकेट लिंदा मुहम्मद वाफिक, रिजवान हइदर र अन्वार रहमानले समान २–२ विकेट लिएका थिए।