यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ।
बिहीबार चाँदीको तोला १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।