यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाएपछि आराध्याले उजुरी दिएकी हुन् । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् ।
अदालतले २० अप्रिल अर्थात आज नै यस विषयमा सुनुवाइ गर्नेछ ।भारतीय सञ्चार माध्यमका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोवैज्ञानिक रूपमा त्रसित बनाएको र उनीहरूका कारण आफू पीडित बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपिल गरेकी छिन्।
उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा विपक्षी बनाएकी छन्।