इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।
इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जनानागरिक पीडित भएका छन् ।अन्य पक्षबाट भएकाअपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँच जना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारका घटनामा एक जनानागरिक पीडित भएका छन् ।
तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।कोशी प्रदेश नामकरणसँगै ०७९ फागुन १७गतेदेखि पहिचानका आधारमाप्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ ।
चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरूद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।
आन्दोलनकाक्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएकालिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।