काठमाडौं । नेप्से १५.१३ अंकले बढेको छ । योसँगै नेप्से १९२०.१२ अंकमा रोकिएको छ । यस्तै सेन्सिटिभ इन्डेक्स २.८५ अंकले बढेर ३६५.९० को विन्दुमा बन्द भएको छ ।

योसँगै ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको कारोबार भयो । बुधबार २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच भए ।

नेप्सेमा बुधबार १६७ कम्पनीको मूल्य बढ्दा ४१ वटाको घटेको थियो । जसमा १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

अघिल्लो कारोबारको दिन अर्थात मंगलबार ३.०७ अंकले घटेको बजारमा ८७ करोड ४ लाख ४८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सबैजसो उपसमूह बढेका छन् । बैंकिङ ९, विकास बैंक ४४, फाइनान्स १८, होटेल तथा पर्यटन १९, जलविद्युत् २२, जीवन बिमा ६३, उत्पादन १५, माइक्रोफाइनान्स ३२, निर्जीवन बिमा ७०, अन्य ६ र व्यापार उपसमूह २३ अंकले बढे । म्युचुअल फन्ड समूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको ९.५ र धौलागिरि लघुवित्तको मूल्य ६.७ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सबैभन्दा बढी स्वाबलम्बन लघुवित्त (संस्थापक) को ८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यसपछि नबिल बैंक, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र निफ्रा कम्पनी क्रमशः अगाडि रहे ।

56
Shares
६ बैशाख २०८०, बुधबार १८:३४