बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भइरहेको बताइएको छ ।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायत कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै पहिलो पटक संवैधानिक परिषद्को बैठक बसेको हो ।लामो समयदेखि न्यायलयले नेतृत्व पाउन नसक्दा कायममुकायमको भरमा चल्दै आएको छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि तीन दलका शीर्ष नेताबीच सहमित भएको थियो ।सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठक बसेको थियो ।
उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो।