प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा पाँच दलका शीर्ष नेता सहभागी छन् ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन पछिल्लो समय शीर्ष नेताबीच छलफल हुने क्रम जारी छ ।आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका थिए ।
यसअघि चैत २५ र २८ गते पनि शीर्ष नेताहरूबीच छलफल भएको थियो ।संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।