त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।
त्यसैगरी उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ८ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन समितिका सदस्य सचिव डा. पशुपति अधिकारीले जानकारी दिए ।क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचनको सम्भावना न्यून भएको छ ।