काठमाडौँ। कारागार कार्यालय दाङ तुलसीपुरका एक जना सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेर आत्माहत्या गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आइतबार बेलुका ८ बजेर ३५ मिनेटमा आफैंलाई गोली हानेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको दाङका डीएसपी राजन गौतमले जानकारी दिए।

केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत रहेको मल्लले बताए।

केसीको शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने तयारी भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी गौतमले बताए।
35
Shares
४ बैशाख २०८०, सोमबार ०७:१६