संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष लक्ष्मी पोखरेलले सञ्चालन गरेकी थिइन् ।
नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाबुराम पोखरेल, श्रीप्रसाद पोखरेल विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।यसैगरी विभिन्न स्रष्टाहरुले गजल, मुक्तक, लघुकथा वाचन गरेका थिए ।
त्यसै अवसरमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो ।कार्यक्रमका सहभागीहरुलाई संस्थाका कोषाध्यक्ष फडिन्द्र पराजुलीले स्वागत गरेका थिए ।
कविहरु हरिप्रसाद बराल, भवानीप्रसाद पोखरेल, भरत गुरागाईं बर्बरिक, इन्द्रश्री, प्रमोद ढकाल, शारदा भट्टराई, लक्ष्मी घिमिरे रेग्मी, लक्ष्मी रायमाझी खड्का, नवीन आकाश, नेत्र खतिवडा, पुष्प सायरा, रोहिणी रसिक, रमेश रिजाल, अम्बिका खरेल उप्रेती, भक्ति दाहाल, स्वीकृति रेग्मी, मुना मञ्जु घिमिरे दाहाललगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता विश्वकान्त दाहाल, केदार ढकाललगायतको पनि उपस्थिति थियो ।