कोरोना संक्रमणको दोस्रो लहरपछि पहिलो पटक शुक्रबार तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया संक्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले जानकारी दिए ।
दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो ।यसअघि अस्पतालमा कोरोना संक्रमणको दोस्रो लहरका बेला संक्रमित गर्भवतीको शल्यक्रिया गरिए पनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।