धनगढी हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी १ घण्टा ४ मिनट ४८ सेकेण्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५५ हजार ५५५ पुरस्कारसमेत प्राप्त गरे ।
यस्तै महिलातर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमश: पाँच हजार ५५५, तीन हजार ३३३ र दुई हजार २२२ रुपैयाँ पुरस्कार राशि प्राप्त गरे । प्रतियोगितामा अपांगता भएका व्यक्तिहरुका लागि ट्राइ साइकिल दौड आयोजना गरिएको थियो ।
सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक नगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए ।