विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताएका छन् ।

मङ्गलबार विराटनगर स्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने भन्दै सोसियल इन्जिनियरका रुपमा रहनु भएका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताए ।

‘मेरा मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र पहिचान, मेरो मात्र भूगोल सबै कुरा हो भन्नुभयो भने त्यसले हामी अपाङ्ग हुने छौ । जसरी एउटा मानिस सपाङ्ग भएर अघि बढ्न उसको शरीरका सबै अङ्गहरु उत्तिकै ढङ्गले चल्न आवश्यक छ त्यही नियम समाजमा पनि लागू हुन्छ’ उनले भने ।

35
Shares
२८ चैत्र २०७९, मंगलवार १९:२०