काठमाडौं ।न्याय परिषद्का न्यायाधीश भुवन गिरी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरी कपिलवस्तु पठाउन प्रक्रिया थालेको जनाएको छ । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमै जाहेरी दर्ता गराएकी थिइन् । जिल्ला अदालत कपिलवस्तुले गिरीविरुद्ध चैत २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

गिरीकी कान्छी पत्नी लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर उनीविरुद्ध आन्दोलन गरिरहेकी थिइन् । आरतीले पति भुवनविरुद्ध बन्धक बनाएर आफूलाई कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाएकी थिइन् ।

49
Shares
२८ चैत्र २०७९, मंगलवार १७:३९