बैठकले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा केन्द्रीय समितिले कारबाहीको निर्णय गर्नेछ ।
मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ ।श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान अगाडि बढाउन विज्ञले सुझाव दिएका छन् । आयोगले भने यस विषयमा निवेदन आए कारबाही अगाडि बढाउने जनाएको छ । यद्यपि, यस विषयमा औपचारिक छलफल हुन बाँकी नै रहेको आयोगका प्रवक्ता भोला दाहालको भनाइ छ ।
यस्तै, यस घटनामा सांसद श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनु पर्ने नेपाली कांग्रेसका सांसदले माग गरेका छन् ।