आइतबार जनकपुरधामस्थित कांग्रेसको मधेस प्रदेश कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लाखौँ नेपाली आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा भोगिरहेकाले सो विधेयक प्रमाणीकरण गराउन पहल गर्न सरकारलाई अनुरोध गरेका हुन्।
संविधानले प्रत्येक नेपालीलाई नागरिकता प्राप्त गर्न पाउने अधिकार दिएकाले त्यस अधिकारबाट वञ्चित गर्ने अधिकार कसैसँग नरहेको उनको भनाइ छ।‘संवैधानिक व्यवस्थाअनुसार एकपटक विधेयकलाई रायसहित राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरणबाहेक अर्को कुनै विकल्प हुँदैन’, नेता खाँडले भने, ‘राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई अड्किएर रहेको सो नागरिकता विधेयक प्रमाणीकरणका लागि वर्तमान सरकारले पहल गर्नुपर्छ र यसका लागि हामीले अग्रसरता देखाउने छौँ।’