आइतबार रामजानकी बहुउदेश्यीय रंगशालामा भएको दोस्रो खेलमा टस हारेर बलिङ्ग गरेको पर्साले ८५ रनको लक्ष्य ११।३ ओभरमा पुरा गर्दै सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ।
पर्साको तर्फबाट इमरान शेखले सर्वाधिक ३८ रन बनाए। यस्तै सुरज पटेलले अविजित २१ रनको पारी खेल्दा रासिद खान ५ र सफवान अलि आलमले ५ रन बनाएर अविजित रहे। बलिङ्गमा सर्लाहीका सुमन शुक्लाले ३ विकेट लिएभने बाँकी बलर विकेट लिन सकेनन्।यसअघि टस जितेर ब्याटिङ्ग गरेको सर्लाहीले १७।४ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सके । सर्लाहीको तर्फबाट सुमन शुक्लाले २३, विवेक ठाकुरले १५ र विशाल पटेलले १० रन बनाउँदा बाँकी खेलाडी दोह्रो अंकमा रन बनाउन सकेनन्।
बलिङ्गमा पर्साका सम्साद अन्सारीले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिएभने नसरुदिन अन्सारीले २ तथा अलफाज मन्सुरी, रंजित यादव र शेराजुल मियाले १/१ विकेट लिए।