आम जनता पार्टीले शुक्रबार जनकपुरमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले लाचार र शोषित जनतालाई शासित होइन शासक बनाउनका लागि आम आदमी पार्टी गठन गरिएको दाबी गरे ।
अध्यक्ष साहले किसान र मजदुरलाई सम्मान र अधिकार दिलाउन र जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएर आम जनता पार्टी अगाडि बढेको जिकिर गरे ।भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै उनले यो ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ भन्ने प्रश्नसमेत गरे ।