संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् ।
नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ ।