काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणका सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।

पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणका बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको जनाए ।

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणका सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए ।

त्यसै आन्दोलनका क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले जानकारी दिए ।
49
Shares
२३ चैत्र २०७९, बिहीबार १४:३२