विराटनगर । विराटनगरस्थित एयरपोर्ट मोडमा रहेको पर्पल हेज एण्ड रिसोर्टमा नयाँ वर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०८०’ मनाइने भएको छ । त्यस क्रममा लोकप्रिय गायक नवीन के भट्टराईले आफ्नो ‘द अतृप्त ब्यान्ड’ का तर्फबाट प्रस्तुति दिने भएका छन् ।

विभिन्न अवसर पारेर यसअघि थुप्रै सांगीतिक कार्यक्रम गर्दै आएको रिसोर्टले यस वर्षको अन्तिम दिनलाई विदाइ गर्दै नयाँ वर्षको स्वागतमा भव्य रुपमा मनाउने तयारी गरेको हो ।

जिके फिल्म स्टुडियोको आयोजनामा हुने कार्यक्रममा भ्वाइस अफ नेपालका विभिन्न कलाकारले पनि प्रस्तुति दिने छन् ।

स्थानीय संस्कृति ब्यान्डको पनि प्रस्तुति रहने जनाइएको छ । त्यसैगरी कार्यक्रमलाई भव्य बनाउनको लागि नुक्लियर डान्स ग्रुपले नृत्य प्रस्तुत गर्ने भएको छ ।

कार्यक्रम बेलुकी साढे ६ बजेपछि सुरु हुनेछ । कार्यक्रममा प्रवेशका लागि टिकट दर १ हजार तोकिएको छ ।

उक्त रकममा विभिन्न पेय पदार्थ, स्न्याक्स, डिनर, एउटा बियर साथै डीजे, फोटोसुट र भिडियोसुटको सुविधा दिइने आयोजक संस्थाका सुजित साहले बताए ।

658
Shares
२० चैत्र २०७९, सोमबार १५:१९