भारतीय समाचार एजेन्सी एएनआईका अनुसार लामो समयदेखि बिरामी रहेका उनको आइतबार बिहान गुजरातस्थित जामनगरमा रहेको भाइको निवासमा निधन भएको हो ।
आफ्नो पालामा उनले अलराउन्टर क्रिकेटरको पहिचान बनाएका थिए । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा चर्चित खेलाडी रवि शास्त्रीले दुरानीको पुरानो एउटा तस्बिर ट्वीट गर्दै उनको सम्झना गरेका छन् ।दुरानीले भारतको लागि २९ टेस्ट म्याच खेलका थिए भने १ हजार २०२ रन तथा ७५ विकेट लिएका थिए । पहिलो श्रेणीको क्रिकेट खेलमा उनले १७० खेलमा ८ हजार ५४५ रन तथा ४८४ विकेट लिएका थिए ।
दुरानीको जन्ममा सन् १९३४ डिसेम्बर ११ मा अफगानिस्तानको राजधानी काबुलमा भएको थियो । पछि उनको परिवार कराचीमा बसाइँ सरेको थियो । भारतबाट पाकिस्तान अलग भएपछि भने दुरानीको परिवार भारत आएको थियो ।सन् १९६१–६२ मा भएको टेस्ट सिरिजमा इंग्ल्यान्डविरुद्ध भारतको जितमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । अन्तिम दुई टेस्टमा उनले भारतलाई जित दिलाएका थिए । कोलकातामा भएको खेलमा उनले ८ विकेट लिएका थिए भने चेन्नई टेस्टमा १० विकेट लिएका थिए ।
त्यसको एक दशकपछि सन् १९७१ मा उनकै महत्वपूर्ण योगदानमा वेस्ट इन्डिजमा भारतले पहिलो टेस्ट क्रिकेट जितेको थियो । उक्त खेलमा भारत ७ विकेटले विजयी भएको थियो भने दुरानीले १७ ओभरमा मात्रै २१ रन खर्चिएका थिए ।
अर्जुन अवार्डबाट सम्मानित हुने उनी पहिलो क्रिकेटर हुन् ।