मृतकहरु सबै महिला तथा बालबालिका रहेको कराँची प्रहरीले जनाएको छ । कराँचीस्थित एउटा कारखानाले उक्त खाद्यान्न बाँड्ने कार्यक्रम आयोजना गरेको थियो ।
कराँची प्रहरी अधिकारी मुगिस हास्मीकाअनुसार उक्त कारखानाले प्रहरीलाई आफ्नो कार्यक्रमको बारेमा पहिले नै जानकारी दिएको थिएन । एक प्रत्यक्षदर्शीका अनुसार उक्त कारखाना अगाडि शुक्रबार बिहानदेखि नै अत्याधिक संख्यामा भीड जम्मा भएको थियो । भीड बढ्दै जाँदा हजारौँको संख्यामा उपस्थित मानिसहरुबीच ठेलमठेल हुँदा ११ जनाको ज्यान गएको हो ।योसँगै अघिल्लो हप्ताको बुधबार सुरु भएको रमजान यता पाकिस्तानका विभिन्न स्थानमा खाद्यान्न बाँड्ने क्रममा भएको भीडमा किचिएर २१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारीले प्रहरी अधिकारीहरुलाई घटनाको कारण र विवरण बुझाउन आदेश दिएका छन् । पाकिस्तानको आर्थिक अवस्था अहिले इतिहासमै सबैभन्दा नाजुक अवस्थाबाट गुज्रिरेहेको छ ।