पार्टीको तर्फबाट दुई मन्त्री सरकारमा सहभागी गराउनुपर्ने माग राख्दै आएको जनमतले एउटा मन्त्रालय मात्रै पाएपछि उक्त मन्त्रालयको जिम्माबाट पनि पछि हटेको हो।
प्रचण्ड नेतृत्वको सरकारमा जनमतका एकमात्र प्रतिनिधि खानेपानी मन्त्री अव्दुल खानले बिहीबार पदबाट राजिनामा दिएका छन्।खानले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजिनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजिनामा बुझाएका हुन्।
दाहालले मन्त्रिपरिषद्लाई पुनर्गठन गरेर शीतल निवासमा राष्ट्रपतिबाट मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी गराउँदै गर्दा जनमत पार्टी सरकारबाट बाहिरिएको हो।