काठमाडौँ । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

उनले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गरे । ‘यसलाई कानुन बनाएर कानुनसम्मत् ढंगले त्यसलाई नियन्त्रण गर्नुपर्ने र यो प्रणाली यो प्रक्रियालाई अगाडि बढ्न नदिन, यसलाई प्रोत्साहित नगर्नका निमित्त नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु,’ उनले भने ।

उनले नेपाल राष्ट्रिय पुस्तकालय धमिरा लागेको हुँदाह हेरविचार गर्नुपर्ने बताए । पुस्तकालय स्थायी रुपले व्यवस्थापन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, उनले द्वन्द्वकालीन घटनाहरुको सम्बन्धमा संक्रमणकालीन न्यायको विधिबाट कानुन बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताए ।

84
Shares
१६ चैत्र २०७९, बिहीबार १३:५२