विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज बिहीबार आयोजक र भारतको केरला लुका सरकार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि रक्षाका लागि आयोजक घरेलु टिम विराटनगर सीटी (बीसीएफ) र पाहुना टोली भारतको केरला लुका सरकार क्लब आमनेसामने हुन लागेका हुन् । दुवै टिमले उपाधि कब्जा गर्ने दाबी गरेका छन् ।
प्रतिस्पर्धा शहीद रंगशालामा साँझ ६ः४५ बजेदेखि सुरु हुने छ । विराटनगर ६१ वर्षपछि दोस्रो पटक उपाधि रक्षा गर्ने दाउमा छ ।
भारत पहिलोपटक गोल्डकपको उपाधि हात पार्न चाहन्छ । विभागीय टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै विराटनगर उपाधिनजिक पुगेको हो ।
भारतले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ र सेमिफाइनलमा साविक विजेता विभागीय टिम एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।
चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार नगद पुरस्कार पाउने छन् ।
3
Shares
१६ चैत्र २०७९, बिहीबार १०:००