विराटनगर। एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालले पहिलो स्थापना दिवस मनाएको छ । मङ्गलवार विराटनगरमा प्रथम सङ्गठन स्थापना दिवस दीप प्रज्वलन गरेर मनाएको हो ।

सङ्गठनका केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, केन्द्रीय अनुशासन आयोगका संयोजक सावित्रा न्यौपाने कट्टेल, सचिव भवानी बस्नेत, कोशी प्रदेश कमिटी अध्यक्ष हरि सुवेदीलगायतको उपस्थितिमा स्थापना दिवस मनाइएको हो । उक्त अवसरमा सङ्गठन स्थापनाको औचित्य माथि वरिष्ठ उपाध्यक्ष न्यौपानेले प्रकाश पारेका थिए ।

ट्रेड युनियनमा दर्ता भएको दिनको अवसर पारेर स्थापना दिवस मनाइएको हो । २०७८ चैत्र १४ गते सङ्गठन दर्ता गरिएको थियो । १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित सङ्गठन दर्ता गरिएको थियो ।
91
Shares
१५ चैत्र २०७९, बुधबार ०६:५७