प्रतियोगिता भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागी हुने मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको अध्यक्ष मुरली चौधरीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन दिनको खेल भारत जोगवनीको रोशान्त क्रिकेट क्लब र विराटनगरको होरिजन क्रिकेट क्लब बिच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपविजेताले ६१ हजार रुपैयाँ आउनेछन् । म्यान अफ द श्री जिद हुने खेलाडीले नगद १५ हजार, वेस्ट ब्याटमेनले ११ हजार, वेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।यस्तै दैनिक म्यान अफ द म्याच हुने खेलाडीले १ हजार १ सय रुपैयाँको साथै आकर्षण गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । क्रिकेट प्रतियोगिताको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको उनले बताए ।