अखिल नेपाल फुटबल संघको आयोजनामा हुने प्रतियोगिता २२ र २५ चैतमा आयोजना गर्न लागिएको हो। नेपाल र भीयतनामबीचको पहिलो खेल अप्रिल ५ अर्थात २२ चैतमा हुँदा दोस्रो खेल अप्रिल ८ अर्थात २५ चैतमा दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ।
प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ। उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ।प्रतियोगिताको लागि एन्फाले एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेडसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरिसकेको जनाएको छ। प्रतियोगिताको लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० रुपैयाँ र भीआइपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट मूल्यसमेत निर्धारण गरेको छ।
खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने छ। प्रतियोगिताको अनुमानित बजेट करिब ४३ लाख रहेको छ।