प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई सहिद घोषणा गर्नुपर्ने बताएका हुन् ।
प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका मोरङ बेलबारीका लिम्बूको उपचारको क्रममा बिहीबार राती मृत्यु भएको थियो ।‘उहाँ प्रगतिशील आन्दोलनकै क्रममा आवाज उठाउँदा उहाँको शहादत भएको कारणले गर्दा उहाँलाई सहिद घोषणा गरियोस् र राज्यको तर्फबाट विभिन्न आन्दोलनको क्रममा क्षति हुँदा जसरी क्षतिपूर्तिको व्यवस्था गरिन्थ्यो त्यही हिसाबले क्षतिपूर्तिको व्यवस्था होस्,’ आङ्बोले भने, ‘उहाँको निधनप्रति हामी दुःख व्यक्त गर्दछौँ ।’