काठमाडौँ । वातावरणीय प्रभावका असरहरु नेपालमा द्रुत गतिमा देखिन थालेको भन्दै विज्ञहरुले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले बिहीबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु’ सम्वन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्वोधन गर्नुपर्ने मुद्दा भएको बताउँदै तत्काल अन्तराष्ट्रिय समुदाय समक्ष उठाउनु पर्ने बताइन् ।

उनले जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्रीनै भएपनि अझै धेरै काम भने गर्न बाँकी रहेको बताईन । ‘हामी जलविद्युतमा उदाहरणीय छौ‘, ‘जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल, संचार माध्याम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ।‘

डा. देउवाले हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने बताइन् ।

‘वातावरण र वन मन्त्रालय मात्रै होईन, सबै मन्त्रालयले वातावरणमैत्री नीति अवलम्वन गर्नुपर्छ‘, ‘तपाईहरु सबै सांसदज्यूहरुलाई म अनुरोध गर्न चाहान्छु, स्थानीय र प्रदेश सरकारले जलवायु परिवर्तनका क्षेत्रमा के काम गरिरहेको छ ? त्यसमा हामीले वाचडकको काम गरौँ ।‘

वातावरणविद् डा. माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो विश्व रिर्पाटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताएका थिए । ‘पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान बैज्ञानिकहरुले गरेका छन्,’ वातावरणविद् डा. माधव कार्कीले भने, ‘हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदिहरु सुक्दै जाने र जलविद्युत परियोजनामा पनि असर पुग्न सक्छ ।‘

63
Shares
११ चैत्र २०७९, शनिबार १०:०८