गत बिहीबार वीरगञ्ज महानगरपालिका–२१ स्थित सडकखण्डमा ड्राइपोर्टबाट चोर्नीतर्फ जाँदै गरेको बीआर ०५ एएम १६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा पछाडि सवार माला लडेर घाइते भएकी थिइन्।
टाउकोमा चोट लागेर उपचारका क्रममा उनको एलएसन्युरो अस्पताल परवानीपुर बारामा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा राखिएको तथा मोटरसाइकल चालक भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नम्बर ९ बस्ने २३ वर्षीय सचिन कुमारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी दीपक गिरीले जानकारी दिए।मोटरसाइकलबाट लडेर भारतीय महिलाको मृत्यु
वीरगञ्ज – मोटरसाइकलबाट लडेर वीरगञ्जमा एक भारतीय महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल बस्ने ५० वर्षीया मालादेवी छिन्।