दाङकाे घाेराहीमा प्रेस चाैतारी नेपाल दाङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले अहिले बनेकाे दश दलीय गठबन्धनलाई खण्डित बनाउने रणनीतिमा नलागेकाे स्पष्ट पारेका हुन्।
‘दश दलीय गठबन्धनलाई खण्डित बनाउने रणनीतिमा लाग्दैन’ कार्यक्रममा बोल्दै उनले भने,’चुनाव लड्दा कांग्रेससँग मिलेर लड्नु भयाे। जनतालाई दिएकाे बचन पूरा गर्नेतर्फ फर्किनु भएको हाे भने त्यसमा लाग्नेगरी हाे भने ठिक छ।’महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थीरता मौलाएको भन्दै एमाले दश दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने बताएका हुन्।
‘हामी अहिलेको दश दलीय गठबन्धन भत्काउन लाग्दैनौँ।’ महासचिव पोखरेलले भने,’सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ। फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोँच राख्दैनौँ।’ तर, सरकारले देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधि गतिबिधि गरेमा एमालेले सधै विरोध गर्ने उनले बताए।