‘सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल पाँच सय मिटर टाढा लुकेर ढुंगा हानेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भनिन्, ‘उहाँ सकुशल हुनुहुन्छ र कार्यक्रममा हुनुहुन्छ ।’
आक्रमण गर्नेको खोजी भइरहेको चेम्जोङले बताइन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । उनी चढेको गाडी भने फर्किसकेको चेम्जोङले जानकारी दिइन् ।ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार
ताप्लेजुङ । कोशी प्रदेश माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।