आयोजनाको टेण्डर भएर निर्माण सम्पन्न गर्ने अबधि सकिएपछि बल्ल प्रवेशद्वार शिलान्यास हुने भएको हो ।
स्वागत द्वार र आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।सम्झौता अनुसार २०७९ असार १४ गते काम सकिनुपर्नेमा भन्सारले निर्माणमा अबरोध गरेपछि काम हुन सकेको थिए ।
निर्माणस्थलबारे भन्सारसँग सहमति भएपछि अब काम सुरु हुने निश्चित भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईंले जानकारी दिए ।आयोजनको प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
स्वागतद्वारा तथा आकाशे पुल ७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ ।
सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको अवस्थामा काम भने अगाडि बढ्न सकेको थिएन ।