युरोपा लिगको दौरान मैदानमा पुगेर विपक्षी टिमका गोलरक्षमाथि हातपातको प्रयास गर्ने एक समर्थकलाई सेभियाले आफ्नो मैदानमा प्रवेशका लागि ४० वर्षे प्रतिबन्ध लगाएको छ।

डच क्लब पिएसभीका एक समर्थकले युरोपा लिगअन्तर्गत स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को मिट्रोभिचलाई मैदान प्रवेश गरि हातपातको प्रयास गरेका थिए। २० वर्षीय समर्थक यसअघि समेत यस्तै प्रतिबन्धमा परेको जनाइएको छ।

उनलाई यसअघिपनि राष्ट्रिय रंगशालमा तीन महिना प्रतिबन्ध गरेको थियो। उनलाई पछिल्लो हर्कतपछि पिएसभीले घरेलु मैदान फिलिप स्टेडियममा दुई वर्ष प्रवेश गर्न नपाउने प्रतिबन्ध लगाएको छ।

यसैगरी डच क्लबले ती समर्थकलाई आर्थिक कारबाही गर्न प्रक्रिया थालेको छ। यहि घटनापछि सुरक्षाको कारण देखाउँदै पिएसभीलाई समेत युइएफएले ठूलो जरिवाना तिराउन सक्ने सम्भावन रहेको छ।

पिएसभीका अनुसार सन् २०२६ सम्म राष्ट्रिय मैदानमा प्रतिबन्ध बेहोरेका २० वर्षीय युवाले साथीको टिकट प्रयोग गरेका थिए। उनलाई डच फुटबल एसोसियसनले प्रतिबन्ध लगाएको थियो।
189
Shares
७ चैत्र २०७९, मंगलवार ०९:०४