निर्वाचन आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र २ मा उपनिर्वाचन गर्ने भएको हो ।
यसअघि नागरिकता विवादमा प्रतिनिधसभा सदस्य रवि लामिछाने पदमुक्त भएपछि आयोगले चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने तय गरेको थियो । तनहु क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा पनि सोहि मितिमा उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो ।तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं. २ का रामसहाय प्रसाद याद उपराष्ट्रपति भएपछि दुबै क्षेत्र खाली भएको छ । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।