काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील भएको अवस्थामा एमाले र राप्रपाले असहयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले स्थायित्वको बाचा गरेका दुई दल नै अस्थिरतातर्फ अग्रसर बनेको टिप्पणी गरे ।

‘म सरकार बाहिर रहेका पार्टीहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील थिएँ । तर राष्ट्रसामू स्थिरताको प्रतिबद्धता जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो’ दाहालले भने ।

राजनीतिक स्थिरताको संकल्पसहित एमाले, राप्रपासँगको गठबन्धनमा सरकार गठन गरिएको तर आफूले राष्ट्रिय सहमतिको राष्ट्रपति चयनका लागि प्रस्ताव गर्दा एमाले र राप्रपाका मन्त्रीहरुले अचानक राजीनामा दिएको दाहालको भनाइ छ ।

70
Shares
६ चैत्र २०७९, सोमबार १४:३०