काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आइतबार दिउँसो बुझाएको छ ।
70
Shares
६ चैत्र २०७९, सोमबार ०७:४२