विराटनगर । प्रदेशको ‘कोशी’ राखिएकोमा विरोध गर्दै आएका पहिचानवादी संगठनहरुले आज विराटनगरमा आज प्रदर्शन गरेका छन् ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको अगुवाईमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत सहभागी छन् ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

77
Shares
५ चैत्र २०७९, आईतवार १४:३१