इलाम । इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । इलाम नगरपालिका-१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको मृत्यु भएको हो ।

यता धनकुटाको धनकुटा नगरपालिका-९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको  छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 
105
Shares
५ चैत्र २०७९, आईतवार ११:२२