आर्थिक वर्ष २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
उक्त वर्ष लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।त्यस्तै कोभिडले संकटग्रस्त बनाएको आर्थिक वर्ष २०७७/०७८ मा भने राजस्व लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असुली भयो । उक्त आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा कम लक्ष्य राखिएको थियो ।
उक्त आर्थिक वर्षमा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएको भएपनि राजस्व भने ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो ।उक्त लक्ष्यलाई पुनः बढाउँदै आर्थिक वर्ष २०७८/०७९ मा राजस्व असुलीको लक्ष्य ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ राखियो । असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात् अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै ३९ करोड कम ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार मात्रै भएको थियो ।