उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ।
निर्वाचनमा राप्रपाका १४ र नेमकिपाका एक जना संघीय सांसदले मतदान गरेनन्।राप्रपा र नेमकिपाले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए।
यस्तै, कांग्रेस सांसद चन्द्र भण्डारी र माओवादी केन्द्रका सांसद वर्षमान पुन बिरामी भएका कारण निर्वाचनमा अनुपस्थित रहे।कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित रहेको र एमालेका लक्ष्मी महतो कोइरी फरार सूचीमा रहेकोले अनुपस्थित रहे।