१४ अगस्ट २०१९ मा स्कटल्यान्डको अबर्डीनमा पपुवा न्युगिनी र ओमानबीचको पहिलो खेलबाट ७ देश समिलित विश्वकप लिग- २ को सुरु भएको यात्रा बिहीबार (१६ मार्च २०२३) कीर्तिपुरमा समापन हुँदैछ।
चार वर्षे यात्रामा भएका १३९ खेलमा शीर्ष तीनमा पुग्ने टिमको टुंगो लगाउन नसक्दा बिहीबारको अन्तिम खेल निर्णायक बन्दैछ।प्रतियोगिताको अन्तिम अर्थात् १४० औँ खेलमा युएई र नेपाल मैदानमा प्रतिस्पर्धा गर्दा युएईका लागि औपचारिक्ता मात्र बाँकी छ। तर नेपालका लागि भने शीर्ष तीनको अन्तिम ढोकाका रुपमा युएईको चुनौती रहने छ।
नेपालले युएईलाई पराजित गरेमा नामिबियालाई पछि पार्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ। तर हारले प्लेअफतर्फ धकेल्ने छ।त्यसोत नेपाली क्रिकेटले पछिल्ला तीन सिरिजमा जसरी प्रदर्शन गरेको छ।
च्चिकै अविश्वसनीय रहेको छ। प्रशिक्षक मोन्टी देशाइको नेतृत्वमा नेपालले अविश्वसनीय यात्रा गरिरहेको छ। अर्थात् पछिल्ला ११ खेलमा नेपाल केवल एक खेलमा पराजित भएको छ।
८ डिसेम्बर २०२२ मा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएपछि समग्र नेपाली समर्थक र दर्शकमात्र होइन खेलाडी स्वयंमलाई पनि एकदिवसीय बरियता यही सिरिजमा फर्कनेमा विश्वास थिएन।
किनकी नेपालले एकदिवसीय वरियता जोगाउन बाँकी १२ मध्ये ९ खेलमा जित आवश्यक थियो। अनि शीर्ष तीनमा पुग्नका लागि आफ्नो हातमा थिएन। अर्थात् नामिबियासँगको खेलपछि मात्रै नेपालको शीर्ष तीनको सम्भावना फर्किएको थियो।